१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेशी लगानीकर्तालाई नेपाल ल्याउन एनआरएनलाई प्रधानमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानीकर्तालाई नेपाल ल्याउन गैरआवासीय नेपाली (एनआरएन)लाई आग्रह गरेका छन् । उनले गैरआवासीय लगानीका साथै विदेशी लगानी भित्र्याउनसमेत भूमिका खेल्न एनआरएनलाई आग्रह गरेका हुन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आसन्न नेपाल भ्रमण र नजिकिँदै गरेको लगानी सम्मेलनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले शनिबार एनआरएनका संस्थापक उपाध्यक्ष देवकाजी डंगोलसहित एनआरएन अभियन्ताहरू राजेन्द्रकुमार शर्मा (आरके) र खगेन्द्र न्यौपानेसँग भेट गरेका छन् । 

प्रधानमन्त्रीनिवासमा भएको भेटमा प्रचण्डसँग एनआरएनएका संस्थापक उपाध्यक्ष डा. डंगोलले कतारी आमिरको आसन्न भ्रमणमा उठाउनुपर्ने विषयबारे छलफल गरेका थिए । डा. डंगोल कतारमा व्यवसाय गर्ने पहिलो नेपाली हुन् । यस्तै, कतारमा दुई दशकदेखि व्यवसायमा सक्रिय रहेका तथा गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले अमिरसँग लगानीका विषयमा नेपालले उठाउनुपर्ने विषयमा छलफल गरेका थिए ।

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध गाँसिएपछि पहिलोपटक कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका छन् । ‘कतारका अमिरको भ्रमणमा नेपालले लगानीका क्षेत्रमा विशेष पहल गर्नुपर्ने विषयमा सम्माननीय प्रधानमन्त्रीसँग छलफल भयो,’ प्रधानमन्त्रीसँगको भेटपछि शर्माले भने, ‘प्रधानमन्त्रीज्यूले कतारले हासिल गरेको आर्थिक विकासको अनुभव नेपालका लागि सहयोगी हुने गरी अमिरको भ्रमणमा फलदायी हुने सम्झौताबारे जानकारी दिनुभयो ।’

ad
ad