मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format २o:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्मार्ट भिलेज गोल्डकपको उपाधि फ्रेन्डसिप तनहुँलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२६:oo

लमजुङको  घलेगाउँमा आयोजित सातौँ स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उपाधि तनहुँको खहरेस्थित फ्रेन्डसिप युवा क्लबले जितेको छ।

क्व्होलासोथार गाउँपालिका– ३, सुखीगाउँ घलेगाउँमा आयोजित फाइनल खेलमा काठमाडौंको भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फ्रेन्डसिपले उपाधि जितेको  हो।

विजयी फ्रेन्डसिपले नगद पाँच लाख ५० हजार पाँच सय ५५ रुपैयाँ, गोल्डकप र मेडल पाएको छ। उपविजेता भुइँखेल काठमाडौंले नगद तीन लाख ५० हजार तीन सय ५५ रुपैयाँ, कप र जनही मेडलमा चित्त बुझाएको छ।

खेल अवधिभर सर्वाधिक सात गोल गरी फ्रेन्डसिपका अबायोमी फाकुन्डेले सर्वाधिक गोलकर्ताको उपाधि पाएका छन्। भुइँखेलका अमित तामाङ उत्कृष्ट खेलाडी घोषित भएका थिए। दुवैले नगद १०–१० हजार रुपैयाँ पाएका छ्न्।

क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँस्थित पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले वैशाख १ गतेदेखि आयोजना गरेको प्रतियोगितामा देशभरका १२ वटा टिमलाई आमन्त्रण गरिएको थियो।