१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालको कमजोर ब्याटिङ, युएईले पायो १२० रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२५:oo

कमजोर ब्याटिङ गरेको नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरा २० ओभरमा नौ विकेट गुमाएर ११९ रन जोडेको हो।

अर्धशतकीय पारी खेल्दै सन्दीप जोराले टिमका लागि सर्वाधिक रन बनाए। ४० बल खेलेका उनले चार चौका र दुई छक्काको मद्दतले ५० रन जोडेका हुन्। 

यसैगरी, गुल्सन झाले २० तथा करण केसीले १७ रन बनाउनुबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनर कुशल मल्ल पहिलो बलमै आउट हुँदा अर्का ओपनर आसिफ सेख पनि ११ बलमा आठ रन बनाएर पेभेलियन फर्किए।

१८ बल सामना गरेका कप्तान रोहित पौडेलले पनि पाँच रन मात्र बनाउन सके। कुशल मल्ल तीन, दीपेन्द्रसिंह ऐरी पाँच, सोमपाल कामी दुई रन बनाएर आउट हुँदा अविनाश बोहरा र ललित राजवंशीले क्रमशः एक र दुई रन जोडेर नटआउट रहे।

युएईका जुनैद सिद्दिकी, अलि नासिर र बसिल हमिदले समान दुई–दुई विकेट लिँदा ओमिद सफी रहमान, आयन अफ्जल खान र मोहम्मद फारुकले एक–एक विकेट लिए।