१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २० बिहीबार o८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कोशी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्धको संकल्प प्रस्ताव पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४९:oo

मुख्यमन्त्री केदार कार्कीविरुद्ध एमाले र माओवादीले दर्ता गरेको संकल्प प्रस्ताव कोशी प्रदेश सभामा पेस भएको छ । संविधानको धारा १८३ को उपधारा ३ अनुसार प्रदेश सभाका दुईचौथाइ सदस्यहरूको लिखित अनुरोधमा प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेको विशेष अधिवेशनको बिहीबार बसेको पहिलो बैठकमा संकल्प प्रस्ताव पेस भएको हो । 

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सभाको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीलाई २५ वैशाखभित्रै कि त संसद् फेस गर्नुपर्ने, कि त राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गर्दै संकल्प प्रस्ताव संसद्मा टेबुल गरेका थिए । भण्डारीले पेस गरेको प्रस्तावलाई माओवादी सांसद गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलालले समर्थन गरेका थिए । संकल्प प्रस्ताव शुक्रबार बहुमतले पारित गराउने योजना विपक्षी दल एमाले र माओवादीको छ ।

एमाले प्रमुख सचेतक भण्डारीले संसद्ले पारित गरेको संकल्प प्रस्ताव मान्नुपर्ने विश्वव्यापी संसदीय प्रणालीको मान्यता भएको र यसबारे कुनै पनि अदालतमा मुद्दा नचल्ने बताए । उनले प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्च अदालतले गरेको फैसलाको नजिर अनि संविधानको धारा र प्रदेश सभा सञ्चालनको नियम पालना गर्दै अल्पमतमा परिसकेका मुख्यमन्त्री कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरे । 
 

ad
ad