१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुराँस फुलेर डाँडाकाँडा ढकमक्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४८:oo

ताप्लेजुङको पाथीभरा क्षेत्र, मैवाखोला गाउँपालिका मिल्के क्षेत्र, मेरिङदेन गाउँपालिको गुराँसे क्षेत्रलगायतका डाँडाथुम्का तथा वन–जंगल यतिवेला गुराँसले ढकमक्क भएका छन् । विभिन्न क्षेत्रमा रंगीचंगी गुराँस फुलेपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ ।

यतिवेला ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा तीर्थयात्री रमाउने गरेका छन् । अहिले पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) रहेको र यही मौसममा ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा तीर्थयात्री रमाउँदै आएका हुन् ।

तीन हजार सात सय ९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेर वन ढकमक्क भएको छ । हिजोआज दैनिक हजारौँ भक्तजन पाथीभरा दर्शन गर्न आइरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले तराई, पहाड र हिमाल सबै क्षेत्रका भक्तजन पाथीभराको दर्शन गर्न आइरहेको बताए । यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल, आसामलगायतबाट पनि उल्लेख्य रूपमा भक्तजन पाथीभराको दर्शन गर्न आउने गरेका छन् । उनीहरू लालीगुराँस हेरेर दंग पर्ने गरेको निर्देशक हाङ्बाङले बताए ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत मंगलबार एकै दिन सात हजार नाै सय सय ७३ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । बुधबार राम नवमीको दिन भने दुई हजार आठ सय ६४ जना भक्तजनले पाथीभराको दर्शन गरेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुंगेलीले जानकारी दिए ।

पाथीभरा क्षेत्रमा मात्र होइन, उता लालीगुराँसको राजधानी भनेर चिनिने तिनजुरे, मिल्के तथा जलजले क्षेत्रको वनै राताम्मे भएका छन् । मिल्केक्षेत्रमा विभिन्न क्षेत्रबाट धरान, इटहरी विराटनगबाट समेत लालीगुराँस हेर्न आन्तरिक पर्यटक आउने गरेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश बनेम (लिम्बू)ले बताए । अहिले त्यस क्षेत्रमा पर्यटकका लागि विभिन्न पार्कहरू निर्माण भइरहेका छन् ।

उता, मेरिङदेन गाउँपालिकको गुराँसे पोखरी क्षेत्रमा पनि गुराँस फुलेर जंगल र डाँडा–थुम्का राताम्मे बनेका छन् । हरेक क्षेत्रमा फुलेका गुराँसले पर्यटकको मनलाई जितेको छ । 

ad
ad