१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १५:४८:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

साहित्यकार डा. महेश मास्के पारिजात स्मृति साहित्य सम्मानबाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

पारिजात स्मृति केन्द्रका पूर्वअध्यक्षसमेत रहेका साहित्यकार डा. महेश मास्के पारिजात स्मृति साहित्य सम्मान २०८० बाट हेटौँडामा सम्मानित भएका छन्। 

पारिजातको व्यक्तित्व र कृतित्वको प्रवर्द्धनका साथै नेपाली साहित्य क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै बुधबार उनलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको हो। मास्केको ‘भोकका कैदीहरूसँग’ कवितासंग्रह प्रकाशित छ। 

साहित्यकार डा. मास्केलाई साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्था हेटौँडा– १० ले वडा कार्यालयसँगको सहकार्यमा हरेक दुई वर्षमा प्रदान गर्दै आएको नगद १५ हजार पाँच सय ५५ रुपैयाँ राशिको पारिजात स्मृति सम्मान प्रदान गरेको हो।

३१औँ पारिजात स्मृति दिवसको अवसरमा बुधबार हेटौँडामा आयोजित एक साहित्यिक कार्यक्रमबीच हेटौँडा– १० का वडाध्यक्ष फुर्वा दोर्जे लामा, संगमका अध्यक्ष डिबी बर्तौला, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतले मास्केलाई नगदसहित सम्मानपत्र प्रदान गरे।

साहित्य संगम र आदर्श टोल विकास संस्थाले पारिजात स्मृति दिवसको अवसरमा हरेक दुई वर्षमा एक विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। सम्मान ग्रहणपछि डा. मास्केले आफूले सम्मानबापत प्राप्त गरेको नगद १५ हजार पाँच सय ५५ रुपैयाँमा त्यति नै रकम थपेर साहित्य संगमले निर्माण गरेको अक्षय कोषमा सहयोग प्रदान गरे।

साहित्यको उन्नयनमा लागेको संस्थालाई थप मजबुत बनाउन आफूले पाएको सम्मानमा रकम थप गरी सहयोग गरेको उनको भनाइ थियो। यसअघि पारिजात स्मृति दिवसको अवसरमा बुधबार बिहान साहित्यकारहरूले हेटौँडा– १० बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पणसमेत गरेका थिए।

माल्यार्पणपछिको कार्यक्रममा साहित्यकार शान्तिप्रिय वन्दना, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल र साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले पारिजातले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए। यस्तै, कार्यक्रममा भवानी तिमल्सिना र रजनी पौडेलले पारिजातका कविता वाचन गरेका थिए।