१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:o९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अवैध राइड सेयरिङविरुद्ध ट्राफिक कारबाही तीव्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:o९:oo

एक महिनामै करिब चार हजार चालक कारबाहीमा

अवैध राइड सेयरिङविरुद्ध ट्राफिक प्रहरीले कारबाहीमा तीव्रता दिएको छ । उपत्यकामा दैनिक सयभन्दा धेरै चालक कारबाहीमा पर्न थालेका छन् । चैतमा मात्र तीन हजार नौ सय ६२ जना कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । फागुनमा एक हजार चार सय ७० जना कारबाहीमा परेका थिए । वैशाखमा पनि ट्राफिक प्रहरीले दैनिक सयभन्दा धेरैलाई कारबाही गरिरहेको छ । 

यातायात व्यवस्था विभागमा दर्ता नभएका राइड सेयरिङ कम्पनीमा आबद्ध भएर चलाउने, अफलाइन चलाउने, सडकमा रोकेर यातायातलाई अवरोध गर्ने राइड सेयर चालकविरुद्ध कारबाही हुँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले बताए । दर्ताविनै इनड्राइभ नामक राइड सेयरिङ एप नेपालमा सञ्चालित छ । सो कम्पनीमा आबद्ध भएर सवारी चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ । 

पठाओ, इड्राइभलगायत कम्पनी भने दर्ता भएर सञ्चालनमा छन् । तर, ती कम्पनीमा आबद्ध भएका चालकले अफलाइन चलाउने, सडकमा अवरुद्ध गरेर यात्रु कुर्ने तथा भाडामा ठगी गर्ने पनि कारबाहीमा पर्ने गरेका छन् । साउनदेखि यता १८ हजार एक सय ३६ जना राइड सेयरिङका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको एसएसपी श्रेष्ठले बताए । यात्रुको सुरक्षा र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखी कारबाही गरिँदै आएको उनको भनाइ छ । 

साउनमा दुई हजार सात सय २१, भदौमा 
दुई हजार तीन सय सात, असोजमा एक हजार चार सय २५, कात्तिकमा एक हजार दुई सय ६० तथा मंसिरमा एक हजार पाँच सय ६६ कारबाहीमा परेका छन् । पुसमा एक हजार चार सय ७९, माघमा एक हजार ६ सय १८, फागुनमा एक हजार चार सय ७० र चैतमा तीन हजार नौ सय ६२ कारबाहीमा परेका छन् ।