१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १५:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२७:oo

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरीको मृत्यु भएको छ। वीरगन्ज–पथलैया व्यापारिक मार्गस्थित जितपुरसिमरा उपमहानगरपालिका– २ मा इन्धन बोक्ने ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो।

पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना.७ख ३०२६ नम्बरको ट्यांकरलाई सोही दिशाबाट आएको ग.१४प ५९७२ नम्बरको मोटरसाइकलले सिमरास्थित टेलिकम चोकमा पछाडिबाट ठक्कर दिएको थियो। उक्त मोटरसाइकल प्रहरी जवान परियारले चलाइरहेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको र उपचारका क्रममा राति १ः२२ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा प्रमुख तथा प्रहरी निरीक्षक रामकुमार महतले जानकारी दिए।

यता बारा प्रहरीले ट्यांकरलाई नियन्त्रणमा लिएको छ भने ट्यांकरचालक फरार रहेको र खोजीकार्य भइरहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।