मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थायित्वका लागि संसद्को समानुपातिक पद्धति हटाउनुपर्छ : रामहरि खतिवडा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५९:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक पद्धति हटाएर राष्ट्रिय सभालाई पूर्ण रूपमा समानुपातिक बनाउनुपर्ने बताएका छन् । 

कांग्रेस ओखलढुंगा–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित नववर्षको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले अहिलेको पद्धतिले कहिल्यै स्थायित्व नहुने जिकिर गरे।

कांग्रेस रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेको पछाडि लागेको हो भन्ने प्रश्नमा खतिवडाले नेपाली जनताको अर्बौँ रकम अपचलन भएकाले त्यसको छानबिन गर्न संसदीय समिति बनाउन माग गरिएको बताए। 

कांग्रेसले उठाएको संसदीय समितिको मुद्दामा सरकार रहेकै पार्टीले पनि समर्थन गरेको उल्लेख गर्दै उनले सरकार अल्पमतमा परेको तर्क गरे।

गठबन्धन पाँच वर्षसम्मै टिकाउन कांग्रेस इमानदार साथ लागे पनि माओवादी धोकेबाज भएको खतिवडाले आरोप लगाए।