मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ३ सोमबार
  • Wednesday, 02 September, 2026
२o८१ बैशाख ३ सोमबार १६:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डढेलो नियन्त्रण गर्ने क्रममा लडेर एकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३ सोमबार १६:२५:oo

गुल्मीको मुसिकोट नगरपालिका- १ का ५८ वर्षीय महले घर्तीको डढेलो नियन्त्रणको क्रममा लडेर मृत्यु भएको छ।

उनी मुसिकोट नगरपालिका– १ तल्लो पौदीस्थित सर्वाेदय माविको जग्गामा लागेको डढेलो निभाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए।

आगोको ठूलो मुस्लो आफूतर्फ आएपछि लडेका घर्ती एक सय ५० मिटर तल खसेका थिए। उनको टाउकोलगायत शरीरको विभिन्न भागमा चोट लागेपछि उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो।

तर, डाक्टरहरूले घर्तीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले जानकारी दिए। पोख्रेलका अनुसार सोही स्थानका ५२ वर्षीय अर्का एक व्यक्ति पनि घाइते भएका छन्।

उनको उपचार गुल्मी अस्पताल तम्घासमा भइरहेको छ। केहीबेर अघि प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।