मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय मुटुरोग विशेषज्ञहरूको अन्तर्क्रियात्मक गोष्ठी हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२६:oo

नेपालमा विश्वभरका मुटुरोग विशेषज्ञहरूको अन्तर्क्रियात्मक गोष्ठी हुने भएको छ। सोसाइटी फर कार्डियोभस्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सनका मुटुरोग विशेषज्ञहरू मुटुरोग उपचारमा देखिएका चुनौतीबारे छलफल गर्न नेपाल आउने भएका हुन्।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र एससिएआई बंगलादेशको आयोजनामा अन्तर्राष्ट्रिय विज्ञहरूको सम्मेलन हुने भएको हो। सम्मेलनमा सोसाइटी फर कार्डियोभस्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सनका मुटुरोग विशेषज्ञहरू सहभागी हुनेछन्।

सोसाइटी फर कार्डियोभस्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन (एससिएआई) कार्डियोलोजिस्टहरूको अन्तर्राष्ट्रिय संस्था हो। यसले कार्डियोलोजीसँग सम्बन्धित मेडिकल शिक्षा, अनुसन्धान र उपचारमा विश्वभरिका कार्डियोलोजिस्टहरूलाई सहयोग गर्दै आएको छ।

आगामी वैशाख ८ मा बुढानीलकण्ठमा हुन लागेको सम्मेलनमा विश्वप्रख्यात मुटुरोग विशेषज्ञहरू सहभागी हुने अस्पतालले जनाएको छ। सम्मेलनमा एससिएआईका अध्यक्ष डा. जर्ज डी. डंगास, डा. एन्टिनियो कोलम्बो, डा. रुस्तम डटोभ, डा. मामस ए मामस, डा. चौथरी एच. असनलगायत बंगलादेश र नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञहरू सहभागी हुनेछन्।