मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख २ आइतबार
  • Wednesday, 02 September, 2026
२o८१ बैशाख २ आइतबार १२:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जुम्ला–रारा अल्ट्रा म्याराथन : पुरुषतर्फ धीर र महिलातर्फ प्रियालाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २ आइतबार १२:३८:oo

पाँचौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथमा जुम्लाका धीर बुढा र खोटाङकी प्रिया राई प्रथम भएका  छन्। पुरुषतर्फ धीर र महिलातर्फ प्रिया प्रथम भएका हुन्।

धीरले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी चार घण्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गर्दा प्रियाले ६ घण्टा सात मिनेट ५७ सेकेन्डमा  दूरी पार गरिन्।

पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर र शेरबहादुर बुढा क्रमशः दोस्रो र तेस्रो भए। दलबहादुरले पाँच घण्टा १२ मिनेट ४० सेकेन्ड र शेरबहादुरले ५ घण्टा १८ मिनेट ३५ सेकेन्डमा दूरी पार गरे। दलबहादुरले चौथो संस्करणमा प्रथम स्थान हासिल गरेका थिए।

महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले ६ घण्टा १५ मिनेट नाै सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन्। तिला गाउँपालिका जुम्लाकी अनिता बुढाले ६ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भइन्।

म्याराथनमा चार विदेशी खेलाडीसहित ५४ जना दौडिएका थिए। कर्णाली स्पाेर्टस् क्लब जुम्लाले आयोजना गरेको म्याराथन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए।

म्याराथनमा प्रथम हुनेलाई एक लाख, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ।