१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 03 June, 2025
तस्बिर : एएफपी ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायलमाथि इरानको हमला, मध्यपूर्वमा युद्ध विस्तारको खतरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o४:oo

इरानले इजरायलमाथि आक्रमण गरेको छ। दर्जनौँ ब्यालेस्टिक मिसाइलबाट इरानले इजरायलमाथि आक्रमण गरेको हो।

इरानी सेनाले एक विज्ञप्ति जारी गर्दै इजरायलको ‘निरन्तर अपराध’विरुद्ध आक्रमण गरिएको जनाएको छ। 

इरानले १ अप्रिलमा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमण इजरायलले गरेको आरोप लगाएको छ। त्यसलगत्तै उसले इजरायलमाथि आक्रमणको चेतावनीसमेत दिएको थियो।

अप्रिलको पहिलो दिन सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो। आक्रमणमा एक वरिष्ठ इरानी कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो।

इरानी सेनाले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणलाई ‘अपरेसन ट्रु प्रमिस’ नाम दिइएको छ। यद्यपि, झन्डै एक हजार किलोमिटर टाढा रहेको इजरायलमाथि ब्यालेस्टिक मिसाइलहरूको प्रयोग इरानले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिबिसीका अनुसार इरानी वायुसेनाले दर्जनौँ मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको छ। झन्डै सात महिनाभन्दा लामो समयदेखि हमाससँगको युद्धमा होमिएको इजरायलमाथि इरानले आक्रमण थालेपछि मध्यपूर्वमा युद्धको विस्तारको खतरा पैदा भएको छ।