१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक डम्बर खतिवडालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:१५:oo

वर्ष २०८० राजनीतिक दृष्टिले कस्तो रह्यो ?
वर्ष २०८० को राजनीति अस्थिरता र अवसरवादको भुमरीमा रुमल्लिइरह्यो । यस वर्षमा भ्रष्टाचारका ठुला ठुला मुद्दा सतहमा आए । तर, राजनीतिक दलका नेता र तिनका आसेपासेको संलग्नताका कारण त्यस्ता मुद्दामा कसैमाथि कारबाही हुन सकेन । खालि हल्लाखल्ला मात्रै बढी भयो । नयाँ भनिएका दलप्रतिको विश्वास पनि छोटो अवधिमै खण्डित भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जाने लिगलिगे दौडमा लागिरह्यो । नागरिक उन्मुक्ति टुटफुटकै डिलमा पुगेको छ । उता जनमतले पनि खासै बलियो उपस्थितिको आभास दिलाउन सकेको छैन । 

जनताको स्तरबाट हेर्दा चाहिँ वर्ष २०८० को  राजनीति कस्तो रह्यो नि ?
जनताका लागि पनि आशा गर्न सकिने या सन्तोष गर्न सकिने केही पनि भएन, देखिएन । आर्थिक सूचकांक लगातार निराशाजनक रह्यो । कामको खोजीमा विदेश जाने युवाको संख्या घट्नुको साटो झनै बढ्यो । बिदेसिनेको संख्या बढ्नाले रेमिटेन्स बढेको देखिए पनि अन्य सबै सूचकांक निराशाजनक रहे । महँगीको ‘ग्राफ’ निरन्तर उकालिइरह्यो । यस्तोमा जनताका लागि के उपलब्धि भयो भन्नु खै ?

आगामी वर्षको राजनीति कस्तो रहने अपेक्षा गर्नुभएको छ ?
आगामी वर्ष पनि यही संसद्को अवधिभित्रको वर्ष हो । यसले गर्दा देशको राजनीति संग्लिने, राम्रो हुने र सही ‘ट्र्याक’ मा हिँड्ने कुनै गुन्जायस नै छैन । यस वर्षको अविश्वास, सत्ताको छिनाझप्टी, खिचातानी, भ्रष्टाचार आदिले निरन्तरता पाउने देखिन्छ । त्यसैले, राजनीतिक रूपमा वर्ष २०८१ पनि वर्ष २०८० कै निरन्तरताको वर्ष बन्ने बढी नै सम्भावना देखिन्छ । 

ad
ad