मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Friday, 28 August, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत ३० शुक्रबार १७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वैशाख २ देखि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १७:११:oo

सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २ गते मध्यरातदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन्। यसैगरी, संयुक्त राज्य अमेरिकाको ओहायो राज्यका लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णयसमेत भएको छ।