१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महावीरको दोस्रो बराबरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o८:oo

महावीर क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा लगातार दोस्रो खेलमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको लिगको नवौँ खेलमा महावीर खालीबारी युवा क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलभर आक्रामक बनेको महावीर फिनिसिङमा चुकेको थियो ।

खालीबारीका गोलकिपर मनोज तामाङले सानदार प्रदर्शन गरेपछि महावीर अंक बाढ्न बाध्य भयो । रोमन तामाङको कप्तानीमा रहेको महावीर पहिलो खेलमा रानीवन स्पोर्टस् क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो । लगातार दोस्रो बराबरीपछि महावीरले २ अंक जोडेको छ । खालीबारीले भने दोस्रो खेलमा आएर १ अंक जोड्यो । 

दिनको दोस्रो खेलमा पनि सानेपा क्लब र सामाजिक युथ क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । सानेपाका लागि सम्भ्रान्तसिंह डंगोल तथा सामाजिकका लागि युगेश श्रेष्ठले गोल गरेका हुन् । यस खेलपछि दुवै टोलीले समान दुई खेलबाट १ अंक जोडेका छन् । खेलको नवौँ मिनेटमै सम्भ्रान्तको गोलमार्फत सानेपाले अग्रता बनायो । पहिलो हाफको अन्तिम मिनेटमा युगेशले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । पहिलो खेलमा सानेपा बागमती युथ क्लबसँग ३–१ तथा सामाजिक पुल्चोक स्पोर्टस् क्लबसँग ३–० ले पराजित भएका हुन् । 

ad
ad