१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस प्रमुख सचेतक रमेश लेखकलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५८:oo

संसद्मा भइरहेको अहिलेको अवरोध कहिलेसम्म जारी रहन्छ ?
यो प्रश्न त सरकारलाई सोध्नुपर्ने हो । किनकि, अवरोध हामीले गरेका होइनौँ, सरकार स्वयंले नै अवरोध होस् भन्ने चाहिरहेको छ । सरकार समयमै महत्वपूर्ण र अत्यावश्यक विधेयकहरू पारित नहोऊन् भन्ने चाहन्छ । त्यसैले, ऊ अहिलेको गतिरोध लम्बिरहोस् भन्ने ध्याउन्नमा देखिन्छ । 

अवरोधबाट जनताका जल्दाबल्दा समस्या र बन्नैपर्ने अत्यावश्यक विधेयक अलपत्र परेनन् र ?
पक्कै परे । हामीले परेनन् भनेका छैनौँ । हामी त छिटोभन्दा छिटो गतिरोध खुलाएर संसद्लाई प्रभावकारी बनाऔँ र विधेयकहरू पारित गरौँ भनिरहेकै छौँ । तर, सरकारले हाम्रो कुरा कत्ति पनि सुनिरहेको छैन । यो देशमा संविधान र कानुनभन्दा माथि कोही पनि छैन ।

सहकारीमा यति धेरै र ठुला बदमासी भएका छन् । ती बदमासीको छानबिन गर्ने र दोषीमाथि कारबाही गर्ने मुख्य निकाय भनेकै गृह मन्त्रालय हो । यसको नेतृत्वकर्ता गृहमन्त्रीमाथि नै सहकारीको बदमासीबारे पटकपटक प्रश्न उठिसकेपछि हामीले संसदीय छानबिन समितिको माग गरेर के गल्ती गर्‍यौँ ? के यो देशको इतिहासमा संसदीय छानबिन समिति यसअघि बनेकै थिएनन् र ? प्रश्न उठिसकेपछि जाँचबुझ गर्नुपर्‍यो भन्न पनि नपाइने हो र अब ?

जो प्रतिपक्षमा हुन्छ, उसले संसद् अवरोध गर्नैपर्ने हो र ?
हामीले लामो समयसम्म सदनमै बसेर जिम्मेवार प्रतिपक्षका रूपमा आवाज उठाएका छौँ । हाम्रा कारण सम्भवतः दुई दिन सदन अवरुद्ध भएको होला । यसअघि कति दिन र कस्ता कस्ता मागमा सदन अवरुद्ध हुन्थ्यो, त्यसको खोजी गरे तथ्य पत्ता लाग्छ । हामीले रहरमा संसद् अवरुद्ध गरिरहेका छैनौँ ।

ad
ad