१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख १७ सोमबार o८:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

संसद्को गतिरोध चाँडै  अन्त्य हुन्छ : प्रचण्ड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:३८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध चाँडै अन्त्य हुने बताएका छन् । बिहीबार माओवादी कोशी प्रदेशस्तरीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको विस्तारित बैठकमा सहभागी हुन आएका उनले विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै संसद्को गतिरोध अन्त्य गराउन आफू मात्र नभएर सभामुख पनि सक्रिय भएर लागिपरेको र चाँडै संसद् सुचारु हुने बताए । ‘विपक्षीहरूले राजनीतिक आग्रहले गर्दा चित्त नबुझाएका हुन्, तर सधैँ उनीहरूले संसद्मा अवरोध पुर्‍याइरहँदैनन् । सरकारले राजनीतिक संवाद थालिसकेकाले गतिरोध चाँडै अन्त्य हुन्छ,’ उनले भने ।

प्रचण्डले गृहमन्त्री रवि लामिछाने प्रकरणमा संसदीय छानबिन नबन्ने बताए । विपक्षी दल कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर गृहमन्त्रीसँग जोडेर सहकारी घोटालाको कुरा उठाएकाले संसदीय छानबिन समिति बनाउन आवश्यक नभएको उनको भनाइ छ । प्रचण्डले पहिले कांग्रेसले रविलाई प्रधानमन्त्री बनाएर आफू सरकारमा जान चाहेको, तर सफल नभएपछि राजनीतिक प्रतिशोध राखेर सहकारी घोटाला प्रकरणलाई उठाएर अनावश्यक संसद्मा गतिरोध उत्पन्न गराइरहेको आरोप लगाए ।

उनले आफूले अनुसन्धान गर्ने निकाय सिआइबीसँग बुझ्दा सहकारी घोटालामा रविविरुद्ध कुनै प्रमाण नभएको प्रस्ट भइसकेकाले उनलाई गृहमन्त्रीबाट निलम्बन गर्न वा संसदीय छानबिन समिति बनाउन आवश्यक नदेखिएको बताए । ‘रवि प्रकरणले सुशासनको कुनै धज्जी उडेको छैन र प्रमाण नै भएको कुरामा छानबिन समिति पनि बन्दैन,’ उनले भने । रवि प्रकरणलाई ढाकछोप गरेर आफूले कसैलाई बचाउन नचाहेको, तर प्रमाण फेला परेमा जो–कोहीलाई कारबाही गर्न पछि नपर्ने प्रचण्डले बताए ।

उनले गृहमन्त्री लामिछानेसँग जोडेर विपक्षीहरूले उचालिरहेको सहकारी घोटाला आरोप नयाँ समीकरणपछि आएको समस्या नभएकाले प्रमाण भएको भए पहिले नै सत्तामा हुँदा कारबाहीका लागि किन आवाज नउठाएको भनेर कांग्रेसलाई प्रश्न गरे । ‘सत्तामा हुँदा रवि र सहकारीको समस्या सामान्य र अहिले असामान्य किन र कसरी भयो ?’ उनले प्रश्न गरे । सहकारी र रविको समस्यालाई अलग–अलग गरेर अध्ययन गर्न सकिने उनले बताए । 

ad
ad