१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
दीपक शर्मा सल्यान
Invalid date format १o:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर्णालीमा पहिलोपटक चिया र कफीखेतीको अध्ययन

Read Time : < 1 मिनेट
दीपक शर्मा सल्यान
नयाँ पत्रिका सल्यान
Invalid date format १o:४४:oo

कर्णाली प्रदेशमा पहिलोपटक चिया तथा कफी खेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सल्यानमा चिया तथा खेतीका लागि पहिलोपटक सम्भाव्यता अध्ययन गरिएको हो ।

चिया तथा कफी विकास कार्यालय प्युठान कार्यालय प्रमुख चन्द्रप्रकाश बस्नेतसहितको विज्ञ टोलीले सल्यानको वनगाड कुपिन्डे नगरपालिका–७ को मैदुपोखरी, वडा नं ८ को कुपिन्डे र अधेरी र वडा नं ११ को लछुहालेमा चिया तथा कफी खेतीका लागि स्थलगत सम्भाव्यता अध्ययन गरेको छ ।

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार कर्णाली प्रदेशमा चिया तथा कफी खेती व्यवसायका लागि नीति अवलम्बन गरिएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषिमन्त्री भीमप्रकाश शर्माले बताए । 

कर्णाली प्रदेशमा चिया तथा कफी खेती विकासका लागि आगामी वर्षमा कार्यालय स्थापनाका लागि राष्ट्रिय चिया तथा कफी विकास कार्यालयमा प्रस्तावसमेत गरिसकिएको उनको भनाइ छ । ‘अहिले पहिलोपटक सल्यान जिल्लाबाट चिया तथा कफी खेतीका लागि सम्भाव्यता अध्ययन थालिएको छ,’ उनले भने, ‘प्रदेशका बाँकी जिल्लाहरू दैलेख, सुर्खेत, जाजरकोट र रुकुम पश्चिममा सम्भाव्यता अध्ययन गरिनेछ ।’

विज्ञसहितको टोलीले सल्यानमा चिया तथा कफी खेतीका लागि गरिएको सम्भाव्यता अध्ययनमा चिया तथा कफी खेतीका लागि माटो पूर्ण रूपमा स्वस्थ रहेको कफी खेतीका लागि पूर्वतयारीको अवस्था राम्रो भएको प्रमुख बस्नेतको भनाइ छ । अध्ययनबाट सुक्खा मौसममा सिँचाइको समस्या रहेको र वैकल्पिक उपाय खोज्न सुझावसमेत दिएको छ ।