१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:३९:oo

सामाजिक सञ्जाल टिकटकबाट चिनजान भएकी महिलालाई मदिरा पिलाएर अपहरण र सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । प्रहरीले बाराका अरबाज अन्सारी, श्यामप्रसाद कुर्मी र सौउच सहनीलाई पक्राउ गरी अपहरण र जबर्जस्ती करणी मुद्दा दायर गरेको हो । 

काठमाडौंको पिंगलास्थानस्थित एक होटेलमा गत २९ फागुनमा उनीहरूले अपहरण गरी बलात्कार गरेको पीडितको जाहेरी छ । सोही दिन भोलिपल्टै प्रहरी वृत्त गौशालाले उनीहरूलाई पक्राउ गरेकोमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । अदालतबाट थुनछेक आदेश भइनसकेको गौशला वृत्तका डिएसपी केशव थेबेले बताए । 

तीनैजना मिलेर होटेलमा लिएर गएको तथा पक्राउ परेकामध्ये अरबाज अन्सारीले आफूमाथि बलात्कार गरेको पीडितको जाहेरी छ । पक्राउ परेका अन्सारीले महिलाकै इच्छाअनुसार शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । पक्राउ परेका तीनैजना वैदेशिक रोजगारीमा पठाउने एजेन्ट हुन् ।

प्रहरीका अनुसार उनीहरूबीच टिकटकबाट चिनजान भएकोमा महिलाको एक साथीमार्फत भेटघाट भएको थियो । भेटघाटपछि उनीहरूबीच नियमितजसो कुरा हुने गरेको थियो । महिलाले आफू अविवाहित रहेको बताएपछि आफू उनीसँग प्रेमसम्बन्धमा रहेको अन्सारीले बताएका छन् ।

१९ चैतमा खाजा खान रेस्टुरेन्टमा गएकोमा त्यहाँ सँगै मदिरा पिएका थिए । मदिरा पिएर चारजना पिंगलास्थानको सौभाग्य होटेल पुगेका हुन् । भोलिपल्ट महिलाका श्रीमान् श्रीमती खोज्दै होटेल पुगेका थिए । उनले नै प्रहरी बोलाएर पक्राउ गराएका हुन् ।

ad
ad