मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले खोजतलासको क्रममा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार परिवर्तित नाम जिल्ला (२०८०/०८१)को जाहेरीको आधारमा नेपाल सरकार प्रतिवादी अर्नमा गाउँपालिका– २ ब्रह्मपुरीका करिब २५ वर्षीय शेखर शर्मा बरहीलाई सोमबार बिहान घरबाटै पक्राउ गरिएको हो।

गत १६ फागुनको राति करिब १० बजे जबर्जस्ती करणीपछि फरार रहेका शर्मालाई खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तराम सापकोटाले जानकारी दिए। 

शर्मालाई पक्राउ परेकै दिन जिल्ला अदालतमा पेस गरी १० दिनको म्याद लिएर जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको उनले बताए।