मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
खान युनिसमा भत्किएका भवनका भग्नावशेषमा हिँडिरहेका प्यालेस्टिनी । तस्बिर : इपिए
रासस इस्तानबुल
Invalid date format १५:३२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायलमाथि टर्कीले व्यापार प्रतिबन्ध लगाउने

Read Time : < 1 मिनेट
रासस, इस्तानबुल
नयाँ पत्रिका
Invalid date format १५:३२:oo

गाजामा इजरायली युद्धको जवाफमा टर्कीले मंगलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजरायलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले जनाएको छ।

‘इजरायलले तत्काल युद्धविराम घोषणा नगरेसम्म र गाजामा मानवीय सहायताको पर्याप्त तथा निर्बाध प्रवाहको अनुमति नदिएसम्म यो निर्णय कायम रहनेछ,’ मन्त्रालयले सामाजिक सञ्जालमा घोषणा गरेको छ। इजरायलले गाजालाई हवाई सहायता प्रदान गर्ने आफ्नो प्रयासलाई रोकेको एक दिनपछि टर्कीले नयाँ कदम चालेको हो।

विदेशमन्त्री हकन फिदानले सोमबार इजरायलविरुद्ध प्रतिशोधको वाचा गर्दै प्रतिबन्धलाई ‘चरणबद्ध रूपमा’ र ‘विना कुनै ढिलाइ’ लागू गरिने बताए।

टर्की गाजामा इजरायलको युद्धको सबैभन्दा कठोर आलोचकहरूमध्येको एक हो। राष्ट्रपति रेसेप तैयम एर्दोगानले इजरायललाई ‘आतंकवादी राज्य’को संज्ञा दिएका छन्।