१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख १७ सोमबार १५:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेसनल मेडिकल कलेजका प्रबन्ध–निर्देशक र ल्याब प्रमुखको रिहाइको माग गर्दै प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:११:oo

वीरगन्ज महानगरपालिका– १५ भेडीहारीमा रहेकोे नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारीहरूले पक्राउ परेका प्रबन्ध–निर्देशक र ल्याब प्रमुखको रिहाइको माग राख्दै प्रदर्शन गरेका छन्।

कर्मचारीहरूले जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि कलेजका प्रबन्ध–निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

मेडिकल कलेजले म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरीले सोमबार दिउँसो मेडिकल कलेजका प्रबन्ध–निर्देशक अन्सारी र ल्याब प्रमुख साहलाई नियन्त्रणमा लिएको थियो। पर्सा प्रहरीले नेसनल मेडिकल कलेजबाट पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ।

ad
ad