मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सातजना नेपालीसहित सवारीचालक भारतीय नागरिकको मृत्यु भएको छ।

बेतालघाट पुलिस थानाका सबइन्स्पेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धीरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन्। मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरू नेपालको साबिक भेरी अञ्चल बबईका भएको बेतालघाट पुलिस थानाले जनाएको छ।

घटनास्थल वरपर नेपालीहरू सडकछेउमा पाइप बिछ्याउने काम गर्दथे। उनीहरू गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दै गर्दा सवारी सडकदेखि तल झरेको अन्सारीले बताए।

‘काम गर्ने ठाउँनजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,’ उनले भने, ‘उनीहरूको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ।’ दुर्घटनामा परी धीरज चौधरीकी श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएका छन्।

गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत ‘स्टेट डिजास्टर रेस्पोन्स टिम’समेत खटिएको सबइन्स्पेक्टर अन्सारीले जानकारी दिए। रासस