१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई पेले ल्यायो नयाँ वर्षमा ‘सुपर वालेटमा, सुपर बेनिफिट’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५८:oo

आइएमई पेले नयाँ वर्ष  २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई  दर्जनभन्दा बढी नयाँ सुविधा दिने जनाएको छ।

‘सुपर बेनिफिट प्याकेज’मा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरूले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा तुरुन्तै क्यास ब्याक पाउने कम्पनीले जनाएको छ।

यस्तै, हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरू, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभरि  ६ हजार रुपैयाँसम्मको क्यास ब्याक फाइदा पनि आइएमई पे प्रयोगकर्ताहरूले पाउनेछन्।

आइएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको उपलक्ष्यमा थप सुविधासहितको प्रिमियम प्याकेजले ल्याएको बताए।