१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १६:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काेशीमा माओवादीका तीन मन्त्रीले बुझाए राजीनामा 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:१४:oo

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएकाे छ। साथै, माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थनसमेत फिर्ता लिएकाे छ। 

कोशी सरकारमा माओवादी केन्द्रबाट मन्त्री बनेका तीनैजनाले राजीनामा दिएका छन्। वनमन्त्री गणेश उप्रेती, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र खानेपानीमन्त्री नारायण बुर्जामगरले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका छन्। 

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियाे।