१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
Invalid date format १३:४१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारी नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४१:oo

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। संविधानको धारा १६८ को उपधारा (२) अनुसार अधिकारीलाई  प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

नेकपा एमाले, माओवादी केन्द्र र मनाङ १ (१)बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निर्वाचित राजीव गुरुङको समर्थनमा अधिकारीले आजै दाबी पेस गरेका थिए।

यसअघि अल्पमतमा परेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ गते राजीनामा दिएसँगै प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि २७ गतेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका थिए।

नवनियुक्त मुख्यमन्त्रीकाे शपथग्रहण आजै दिउँसो ३ः३० बजे गर्ने तयारी गरिएको छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका उपसभामुखसहित २२, माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य छन्। हाल अधिकारीलाई समर्थन गरेको माओवादीले सभामुखको संख्यालाई समेत गणना गरिएको छ।