१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आफ्नै बुबाको मृत्युको समाचार लेख्न जाँदा...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:३५:oo

शुक्रबार बिहान बैतडीका पत्रकार कृष्ण विष्ट रेडियोको स्टुडियोमा समाचार पढ्दै गर्दा ट्याक्टर दुर्घटनाको खबर आयो। ८ बजेको समाचार पढेर उनी मोटरसाइकल चढेर घटनास्थलतर्फ हिँडे। पाटन नगरपालिका– ८ खोड्पेमा रहेको रेडियो सेभेनस्टारको कार्यालयभन्दा ६ किलोमिटर टाढा बैतडी–बझाङ सडकको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो।

विष्ट घटनास्थल पुगेको करिब १० मिनेटसम्म मृतकबारे बेखबर थिए। सडकभन्दा ५० मिटर तल पल्टिरहेको ट्याक्टरसँगैको शवको सनाखत हुँदा मृतक पत्रकार विष्टका आफ्नै बुबा रहेको खुल्यो।

‘घटनास्थलमा पत्रकार विष्टले फोटो खिचिसकेपछि मोबाइलमा समाचार लेख्न थाल्नुभयो,’ मोटरसाइकलमा सँगै गएका केशव जोशीले भने, ‘छिटो समाचार पठाउन मसँग मोबाइल हटस्पटबाट इन्टरनेट माग्दै गर्दा शवको सनाखत भयो।’

रेडियो सेभेनस्टारमा कार्यरत पत्रकार विष्ट अन्नपूर्ण दैनिक र एपी वान टेलिभिजनका बैतडी समाचारदाताा हुन्। ‘८ बजेको समाचार पढ्दै गर्दा दुर्घटनाको खबर आयो। समाचार सकेर उहाँ घटनास्थलतर्फ जानुभयो,’ विष्टका अर्का सहकर्मी तथा रेडियोका प्राविधिक नवीन अवस्थीले भने, ‘पछि थाहा भयो दुर्घटनामा विष्टले आफ्नै बुबा गुमाउनुभएको रहेछ।’

समाचार ब्रेक गर्न हतारहतार घटनास्थल पुगेका विष्टले दुर्घटनामा बुबा गुमाएको थाहा पाएपछि समाचार लेख्न छाडेर भक्कानिए। केही समय उनलाई सम्हाल्नै गाह्रो भएको सहकर्मी अमर भट्टराईले बताए। यद्यपि, आफ्नै बुबा गुमाएको पीडालाई ‘पाखा लगाएर’ विष्टले सम्हालिँदै घटनाको रिपोर्टिङ गरे। दुःखको क्षणमा समेत विष्टले पत्रकारिताको आफ्नो भूमिका निर्वाह गरे।

पाटन नगरपालिका– ८ को झौलेकमा बिहीबार राति से.२त ३६७८ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटनाको खबर भने शुक्रबार बिहान मात्र थाहा पाएको प्रहरी निरीक्षक नन्दराज जोेशीले बताए।

सुर्नयाँ गाउँपालिकाबाट फर्कँदै गरेको ट्याक्टरमा चालक राजेश चौधरीसहित पाटन– १० पनाली बस्ने पत्रकार विष्टका बुबा मानसिंह विष्ट पनि थिए। दुर्घटनामा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ad
ad