१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
रमेश रावल सुर्खेत
Invalid date format १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ सरकार गठनका लागि दाबी पेस गर्दै एमाले नेता कँडेल

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेल नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

प्रदेश प्रमुखको आह्वानअनुसार आज नेता कँडेलले सत्तासाझेदार दल नेकपा माओवादीको समर्थन लिएर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने गृहकार्यमा लागेको नेकपा एमाले कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक टेकराज पछाईले बताए।

‘अब केही समयमा दुई दलबीचको बसाइ हुन्छ। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलको नेताको समर्थन लिएर आजै प्रदेश प्रमुखसक्षम दाबी पेस गर्न जान्छौँ,’ उनले भने