१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३९:oo

नेपाल, गुजरात र बरौडा सम्मिलित टी–२० त्रिकोणीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले गुजरातसामु जितका लागि एक सय ८२ रनको लक्ष्य राखेको छ।

टस जितेर गुजरातले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनायो।

दुवै ओपनरले शतकीय साझेदारी गरेको खेलमा एक समय नेपालले दुई सयभन्दा बढी रन बनाउने सम्भावना देखिएको थियो। तर, मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले मध्यम लक्ष्य मात्र दिन सक्यो। 

आसिफ शेखले ८५ र कुशल भुर्तेलले ६७ रन बनाए । ५१ बल खेलेका आसिफले ६ छक्का र १० चौका प्रहार गरे। यी दुईबीच एक सय २५ रनको साझेदारी भएको थियो। 

बर्थडे ब्वाय आर्या देसाईले दुवैलाई पेभेलियनको बाटो देखाए। प्रारम्भिक जोडीको साझेदारी टुटेसँगै नेपाली इनिङ्स लड्खडायो। कुशलको स्थानमा आएका कप्तान रोहितकुमार पौडेल सात बलमा तीन रन बनाएर आउट भए। 

सन्दीप जोराले तीन बल खेल्दै दुई रन मात्र बनाए भने अघिल्लो म्याचमा राम्रो फर्ममा देखिएका कुशल मल्ल एक रनमै आउट भए । उनले दुई बल खेले।

यस्तै, गुल्सनकुमार झाले चार बलमा चार रन बनाउँदा निकैपछि मात्र ब्याटिङमा पठाइएका अनिलकुमार साह गोल्डेन डकआउट भए। विवेककुमार यादव पाँच बलमा सात र प्रतीश जिसी तीन बलमा चार रन बनाएर अविजित रहे।

गुजरातको तर्फबाट जयमित पटेलले चार ओभरमा तीन विकेट लिए। ४६ रन दिएर निकै महँगो साबित भए पनि उनले नेपाली मध्यक्रमलाई रोके। आर्या र ध्रुसन्त सोनीले समान दुई विकेट लिए । 

साई भेगपन स्पोर्टस् लाइफ क्रिकेट खेलमैदानमा जारी प्रतियोगिताका यसअघि खेलिएका दुवै म्याचमा नेपाल विजयी भएको थियो। एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको त्रिकोणीय शृंखलामा बरोडा पनि सम्मिलित छ।