१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

वर्किङ भिसामा पठाइदिन्छु भन्दै एजुकेसन कन्सल्टेन्सीले ५० युवासँग ठग्यो पाँच करोड

टप च्वाइस एजुकेसन कन्सल्टेन्सीका सञ्चालकद्वय कृष्णकुमार राई र रूपेशकुमार ठाकुरसहित चार पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१५:oo

वर्किङ भिसामा विदेश पठाइदिने भन्दै औपचारिक कार्यालयसमेत नभएको टप च्वाइस एजुकेसन कन्सल्टेन्सीका सञ्चालकले ५० युवाबाट पाँच करोड रुपैयाँ ठगेको खुलेको छ । सञ्चालकद्वय कृष्णकुमार राई र रूपेशकुमार ठाकुरले युवाहरूलाई क्यानडा, स्पेन, पोल्यान्ड, माल्टा, क्रोएसियालगायत मुलुकमा राम्रो जागिरमा पठाइदिने भन्दै ठगी गरेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राई र ठाकुरसहित उनीहरूका सहयोगी पर्वराज पाण्डे र जीवन तामाङलाई पक्राउ गरेको छ । करिब आठ महिनाको खोजीपछि उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । उनीहरूविरुद्ध २२ पीडितको जाहेरी परेपछि पक्राउ गरेको अनुसन्धानमा संलग्न कार्यालयका डिएसपी गोविन्द पन्थीले जानकारी दिए । उनका अनुसार अन्य पीडितहरू पनि जाहेरी दिन कार्यालय आएको, तर आवश्यक कागजात अभाव हुँदा दर्ता हुन सकेको छैन । 

उनीहरूले दलालमार्फत देशका विभिन्न ठाउँका युवा काठमाडौंमा भेला गर्ने, भारतको दिल्ली लैजाने, रकम दिल्लीमै असुल्ने र त्यसपछि सम्पर्कविहीन बन्ने गरेको अनुसन्धानमा खुलेको छ । डिएसपी पन्थीले भने, ‘कन्सल्टेन्सीका रूपमा दर्ता भएको, तर कतै कार्यालय नभेटिएको कम्पनीले युवालाई अवैध ढंगले वैदेशिक रोजगारमा पठाउने गरेको देखियो । सोही क्रममा केही पक्राउ परेका छन् । उनीहरूले ५० भन्दा धेरै युवाबाट पाँच करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको देखिन्छ । जसमध्ये २२ जनाको जाहेरी हामीकहाँ परिसकेको छ ।’

प्रहरीका अनुसार उनीहरूले विद्यार्थी भिसामा पठाउने भन्दै युवालाई दलालमार्फत सम्पर्कमा ल्याउँथे । सम्पर्कमा आएका युवालाई वर्किङ भिसामा पनि पठाउन सकिने भन्दै आकर्षक तलब प्रस्ताव गर्थे । प्रस्ताव मान्न तयार भएका युवालाई भारतको दिल्ली पुर्‍याउँथे । गेस्टहाउसमा राख्थे । महिना दिनपछि उनीहरूले युवासँग रकम माग्थे । जालमा फसेका युवाले उनीहरूलाई मागेजति रकम भुक्तानी गरिदिन्थे । जब रकम संकलन भइसक्थ्यो, उनीहरू फरार हुन्थे । उनीहरूले क्यानडाका लागि प्रतिव्यक्ति १० देखि २० लाख, पोल्यान्डका लागि सातदेखि १० लाख, रोमानियाका लागि सात लाख, क्रोएसियाका लागि सातदेखि १० रुपैयाँका दरले रकम उठाएको डिएसपी पन्थीले बताए । प्रहरीले पक्राउ परेका राई र ठाकुरलाई जनही ८० लाख, पाण्डेलाई ६ लाख र तामाङलाई एक लाख ६० हजार जरिवाना तोकेको छ । 


 

ad
ad