१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री जम्कट्टेलले १५ महिनामा तेस्रोपटक पाए विश्वासको मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन्। ३ माघ २०७९ मा पहिलोपटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले सोमबार पुनः विश्वासको मत लिएका हुन्।

प्रदेश सभाको बैठकमा प्रस्तुत भएको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५६ सांसदले मतदान गरे। प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सोमबारको बैठकमा उपस्थित १०८ सांसदमध्ये ५६ जनाले मतदान गरेका हुन्। यसैगरी, प्रस्तावको विपक्षमा ३७ जनाले मतदान गरे भने १५ जना सांसद तटस्थ बसे।

मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये चार दलका सांसदले विश्वासको मत दिएका छन्। उनलाई विश्वासको मत दिनेमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसद रहेका छन्।

कांग्रेस विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेको छ भने राप्रपा र नेमकिपा तटस्थ बसेका छन्। मुख्यमन्त्री जम्कट्टेलले यसअघि ३ माघ २०७९ र गत १० चैतमा पनि प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।