Skip This
मुख्य न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १९ सोमबार
  • Wednesday, 23 April, 2025
२o८o चैत १९ सोमबार १o:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मुख्य न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १९ सोमबार १o:१o:oo

उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाविरुद्ध न्यायपरिषद्मा उजुरी दर्ता भएको छ । दुई वर्षअघि भएको स्थानीय तह निर्वाचनमा हत्या गरिएका पञ्चदेवल विनायक नगरपालिका– ४ का मृतक विनोद शाहीका दाजु डम्मरबहादुर शाहीले पीडितका तर्फबाट थापाविरुद्ध उजुरी दिएका हुन् । 

मुद्दाको सुनुवाइ हुनुअघि निर्धारित समयभित्र वादी र पीडितका तर्फबाट पेसी स्थगित गरिदिन अनुरोध गरिएकामा मुख्य न्यायाधीश थापाले प्रतिवादीलाई राहत पुग्ने गरी मुद्दा सुनुवाइ गरेर आदेश दिएकाले उनलाई कारबाही गरिदिन पीडितको तर्फबाट न्यायपरिषद्मा उजुरी परेको हो ।

शाहीको ज्यान मुद्दा हाल अछाम जिल्ला अदालतमा विचाराधीन रहेकै अवस्थामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका अभियुक्त दानमती शाहीलाई उच्च अदालत दिपायलले गत १४ फागुनमा धरौटीमा छोड्न आदेश दिएको थियो । पीडित पक्ष र वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय दिपायलका सहन्यायधिवक्ता गौरसिंह महरले पहिलोपटकको पेसी स्थगित गरिदिन रितपूर्वक अनुरोध गरेपछि मुख्य न्यायाधीश शान्तिसिंह थापाले सुरुमा स्थगित भएको जानकारी दिएको, तर सोही दिनको दिउँसो वादी पक्षलाई जानकारी नहुने गरी मुद्दा सुनुवाइ गरेर प्रतिवादी शाहीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको पीडित पक्षको आरोप छ ।