Skip This
नेपालले घातक बलिङ गरेपछि गुजरात ९८ रनमै अलआउट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १८ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १८ आइतबार १६:४o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले घातक बलिङ गरेपछि गुजरात ९८ रनमै अलआउट

गुल्सनले चार र करणले लिए तीन विकेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १८ आइतबार १६:४o:oo

नेपाल, गुजरात र बरौडा सम्मिलित टी–२० त्रिकोणीय शृंखलाको पहिलो म्याचमा नेपालले जितका लागि ९९ रनको लक्ष्य पाएको छ। 

साई भेगपन स्पोर्टस् लाइफ क्रिकेट खेलमैदानमा भएको पहिलो म्याचमा गुजरातलाई ९८ रनमा अलआउट गरेपछि नेपालले सहज लक्ष्य पाएको हो।

एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको त्रिकोणीय शृंखलाको पहिलो म्याचमा गुल्सन झा र करण केसीले घातक बलिङ गरे । गुल्सनले चार तथा करणले तीन विकेट लिए । सोमपाल कामी र अविनाश बोहराले एक–एक विकेट लिए।

नेपाली बलरको घातक बलिङका कारण गुजरातका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । रुद्र पटेलले २३, हेमंग पटेलले २० तथा सरल प्रजापतिले १७ रन बनाए । अन्य ब्याटरल खासै चल्न सकेनन् । 

चार ओभरमा २२ रन दिएका गुल्सनले आफ्नो अन्तिम ओभरमा गुजरातका दुई खेलाडीलाई पेभेलियन पठाएका थिए । 

गुल्सनले आफ्नो पहिलो ओभरको चौथो बलमा व्यक्तिगत पहिलो तथा नेपालका लागि दोस्रो विकेट लिएका थिए । त्यसवेला ४.५ ओभरमा गुजरातको स्कोर २७ रन थियो । गुल्सनले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो विकेट लिए। यसवेला सात ओभर सकिँदा गुजरातले ४४ रन बनाएको थियो।

यस्तै, आफ्नो चौथो ओभरको तेस्रो बलमा व्यक्तिगत तेस्रो तथा नेपालका लागि छैटौँ विकेट लिए। एक बलपछि नै गुल्सनले गुजरातका अर्का खेलाडीलाई बोल्ड गर्दै व्यक्तिगत विकेटको संख्या चार पुर्‍याए । १३.५ बलको खेल सकिँदा ७७ रन बनाएर गुजरातले सातौँँ विकेट गुमाएको थियो। 

त्यसअघि करण केसीले नेपालालाई तेस्रो ओभरको अन्तिम बलमा पहिलो सफलता दिलाएका थिए । यसवेला गुजरातको स्कोर १९ रन मात्र थियो। करणले आफ्नो तेस्रो ओभरमा गुजरातको पाँचौँ तथा व्यक्तिगत दोस्रो विकेट तथा १८औँ ओभरको दोस्रो बलमा व्यक्तिगत तेस्रो विकेट लिँदा गुजरात अलआउट हुन पुग्यो।

चार ओभर बलिङ गरेर २३ रन दिएका दीपेन्द्रसिंह ऐरीले कुनै विकेट लिन सकेनन् । तर, ६.३ ओभरको अवस्थामा ३३ रन बनाएको गुजरातले तेस्रो विकेट दीपेन्द्रकै कारण गुमेको थियो । उत्कृष्ट डाइभ थ्रो गर्दै उनले गुजरातका खेलाडीलाई रनआउट गराएका थिए । 

सोमपाल कार्मीले १५.३ ओभरमा ८३ रनको अवस्थामा व्यक्तिगत पहिलो तथा गुजरातले आठौँ विकेट लिए । यस्तै, १८औँ ओभरको अन्तिम बलमा अविनाश बोहराले एक विकेट लिए । 

नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो । नेपाली कप्तान रोहितकुमार पौडेलको सो निर्णयलाई सही साबित गर्दै नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे । केहीबेरमा नेपाल लक्ष्य पछ्याउन मैदानमा उत्रनेछ।