१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालगन्जमा एक युवकको शव फेला, हत्या भएको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:१७:oo

नेपालगन्जमा एक युवकको शव फेला परेको छ। नेपालगन्ज उपमहानगरपालिका– २१ बिर्ताका करिब २२ वर्षीय युवक अरबी खाँको बिहान १० बजेतिर शव फेला परेको बाँके प्रहरीले जनाएको छ।

घाँटीमा गहिरो चोट भएकाले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। घाँटीमा हतियार प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए।

शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ। घटना रातको समयमा भए पनि प्रहरीले घटनाबारे बिहान मात्रै जानकारी पाएको थियो।

खाँ पूर्ववडाध्यक्ष रञ्जित खाँका नाति भएको खुलेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
 

ad
ad