१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस काठमाडौं
२o८१ बैशाख १७ सोमबार १५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा १७ अंकको गिरावट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:५४:oo

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.३० अंकले घटेर दुई हजार १८.३३ को विन्दुमा कायम भएको छ ।

आज तीन सय १६ कम्पनीको ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर ६७ हजार ४४ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ बराबरको कारोबार भएको छ।

निर्जीवन बिमा समूहको उपसूचक ०.१२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ३.६५, व्यापार १.७४, लघुवित्त १.२० र विकास बैंक १.०९ प्रतिशतले घटेको छ।

बैंकिङ ०.५३, वित्त ०.६२, होटेल तथा पर्यटन ०.७६, जलविद्युत् ०.०८, लगानी ०.७९, जीवन बिमा ०.९९, म्युचुअल फन्ड ०.७३ र अन्य समूहको उपसूचक ०.७१ प्रतिशतले घटेको छ।

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। गरिमा डिभेञ्चर २०८५ को मूल्य ८.०८ र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.७४ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै घट्नेमा भने सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर मूल्यमा ९.९९ प्रतिशतले गिरावट देखिएको छ।

कारोबार रकम र सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको रु. २८ करोड ६८ लाख ९३ हजार तीन सय ३१ बराबरको दुई लाख ९० हजार एक सय ३६ कित्ता सेयर किनबेच भएको छ।

ad
ad