मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १३:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

इजरायली दूतावास पुगेर नेपालका स्वास्थ्यकर्मीले गरे प्रदर्शन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३५:oo

इजरायलले प्यालेस्टाइनमा गरेको मानवताविरुद्धको अपराधको विरोधमा नेपालमा स्वास्थ्यकर्मीले‌ शान्तिपूर्ण प्रदर्शन गरेका छन्। युद्धको समयमा प्यालेस्टाइनमा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको क्रूर दमनको विरोधमा शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट मार्च गर्दै चिकित्सकहरू इजरायली दूतावासअगाडि पुगेर प्रदर्शन गरेका हुन्।

गाजामा जारी इजरायली कारबाहीमा हालसम्म ६ सय ८५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। युद्धका कारण ३१ हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका छन्। जसमध्ये अधिकांश महिला र बालबालिका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘गाजाको अस्पताल बचाऊ’ ‘एम्बुलेन्समा बम हान्नु आत्मरक्षा होइन’, ‘फ्री प्यालेस्टाइन’ ‘नरसंहार अन्त्य गर’जस्ता नारा लेखिएका ब्यानरहरू प्रदर्शन गरेका छन्।

हेर्नुहाेस् तस्बिरहरू :