१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १२:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मृतकका आफन्तले पाए दुई करोड क्षतिपूर्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन्।

विशेषगरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउने सामी कार्यक्रमको मुख्य उद्देश्य रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का सूचना तथा परामर्शकर्ता कोपिल भुसालले बताए।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्म आप्रवासी स्रोत उपकेन्द्रमा नौ मृतकका आफन्तले क्षतिपूर्तिको सहजीकरणका लागि निवेदन दिएकामा प्रक्रिया पूरा गरी नौजनाकै समस्या समाधान गरिएको परामर्शकर्ता भुसालले बताए।

मृतकका आफन्तलाई एक करोड ७३ लाख ६ हजार क्षतिपूर्तिबापत रकम उपलब्ध गराइएको हो । त्यस्तैगरी, ठगीसम्बन्धी तीन समस्यामध्ये एउटा समाधान गरी सात लाख फिर्ता गराइएको हो भने दुईजनाको प्रक्रियामा रहेको छ ।

पासपोर्ट होल्ड, भिसा चेक, परिवार तथा कामदार बिरामीजस्ता विभिन्न समस्यामा परेका १९ उजुरीमध्ये आप्रवासी स्रोत उपकेन्द्रमार्फत प्रक्रिया थाली पाँचवटा समाधान भएको उनले बताए। 

पाँचवटा समस्याको समाधान गर्दा दुई लाख पाँच हजार आर्थिक सहायता उपलब्ध गराइएको हो । बाँकी १४ वटा समस्या समाधानका लागि प्रक्रियामा रहेका छन्।

इलाका प्रशासन कार्यालय वालिङमा राहदानीका लागि आएका व्यक्तिले साउनदेखि पुससम्म सुरक्षित आप्रवासन कार्यक्रम (सामी) बाट तीन हजार ५० जनाले परामर्श लिएका हुन् । सामी कार्यक्रममार्फत मुख्यगरी सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा काम गर्दै आइरहेको उनले बताए। 

‘इलाका प्रशासन कार्यालय वालिङमा राहदानी बनाउन आएका व्यक्तिको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरिहत बनाउन सामी कार्यक्रममार्फत परामर्श दिन्छौँ,’ उनले भने, ‘परामर्श लिएर वैदेशिक रोजगारीमा जाँदै गर्दा धेरै सहज भएको बुझाइ हाम्रो छ ।’

आप्रवासी स्रोत केन्द्र वालिङमा परामर्श लिनेहरू दैनिकजसो आउने गरेका छन् । इलाका प्रशासन परिसरमै रहेको उक्त केन्द्रमार्फत परामर्श लिने बढ्दै गएका छन् । आप्रवासी स्रोत केन्द्रमा परामर्श लिनेमा ६ महिनामा पुरुष एक हजार ६ सय २२ र महिला एक हजार चार सय २८ रहेका उनले जानकारी दिए । 

सबैभन्दा धेरै वालिङ नगरपालिकाका व्यक्तिलाई परामर्श दिइएको छ । वालिङका कुल नौ सय ८६ जनाले परामर्श लिएका छन् । 

यसैगरी, गल्याङ नगरपालिकाका ६ सय २८, चापाकोट नगरपालिकाका पाँच सय २७, कालीगण्डकी गाउँपालिकाका चार सय ३६, हरिनास गाउँपालिकाका एक सय ६२, भिरकोट नगरपालिकाका एक सय ६१, बिरुवा गाउँपालिकाका एक सय ४५, आँधीखोला गाउँपालिकाका दुई, पुतलीबजार नगरपालिका तथा फेदीखोला गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका एक–एकजनालाई स्रोतकेन्द्रमार्फत परामर्श दिइएको हो ।

नेपाल सरकार र स्विटजरल्यान्ड सरकारबीच द्विपक्षीय सम्झौता भई सामी कार्यक्रम सञ्चालनमा रहेको छ । वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित कार्य वातावरणबाट लाभान्वित हुने लक्ष्य यस कार्यक्रमले राखेको उनले बताए। (रासस)