१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १o:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१२ वर्षीय बालकको शव चार दिनपछि नारायणी नदीमा फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:o२:oo

भरतपुरबाट हराएका भनिएका १२ वर्षीय बालकको शव नारायणी नदीमा फेला परेको छ । भरतपुर महानगरपालिका– ११, होपचोक बस्ने वर्ष १२ का मनोज श्रेष्ठ आइतबारदेखि हराएको भन्दै परिवारले प्रहरीमा खबर गरेका थिए ।

हराएको चार दिनपछि बालकको शव बिहीबार भरतपुर महानगरपालिका– १६, ज्ञानेश्वर सामुदायिक वनपछाडि नारायणी नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार बालकको आफन्त समेतको उपस्थितिमा शवको सनाखत भएको हो ।
 

ad
ad