१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सुष्मा र अस्मिता सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५८:oo

लुम्बिनीकी सुष्मा तामाङ र कर्णालीकी अस्मिता दुवाल छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५० केजीमा सुष्माले मधेशकी मनीषा राईलाई हराउँदै अन्तिम चारको स्थान पक्का गरेकी हुन् । अस्मिताले एपिएफकी सन्जुमाया थिङलाई क्वार्टरफाइनलमा हराइन् । महिला ५४ केजीमा गण्डकीकी सोनिया बडुवालले सुदूरपश्चिमकी निर्मला ऐडीमाथि सहज जित निकालिन् । नेपाल आर्मीकी लालुमाया खत्री क्षेत्रीले एपिएफकी नाङ्जा बुढामगरलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेकी छिन् । 

यसैगरी, महिला ५७ केजीमा लुम्बिनीकी ललिता बस्नेतले गण्डकीकी दीक्षा राईलाई पाखा लगाउँदै अन्तिम चारको स्थान पक्का गरेकी छिन् । ५७ केजी तौल समूहमै कोशीकी नारिका राई पनि अन्तिम चारमा पुगेकी छिन् । प्रतियोगिताको महिला ६० केजीमा बागमतीकी नतिशा राना मगरले कर्णालीकी तुलसी भण्डारीलाई हराउँदै सेमिफाइनल स्थान पक्का गरेकी छिन् । एपिएफकी संगीता सुनारले नेपाल प्रहरीकी लक्ष्मी घर्तीमगरलाई पन्छाउँदै सेमिफाइनलमा स्थान बनाइन् । 

महिला ६६ केजीमा सुदूरपश्चिमकी सञ्जिता चौधरीले बागमतीकी तृष्णा गुरुङलाई पाखा लगाइन् । एपिएफकी विनिता थापामगरले कोशीकी नुमा सावाडेनलाई अंकका आधारमा हराइन् । महिला ७५ केजीमा लुम्बिनीकी जुनमाया थारूले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छिन् । महिला ७५ केजीमै आर्मीकी तृषा जबेगू पनि सेमिफाइनलमा पुगिन् । यसैगरी, पुरुष ६३.५ केजीमा लुम्बिनीका अनिलकुमार पुनले कोशीका एक्लिस साहीलाई पन्छाउँदै अन्तिम चारमा पुगे । 

यस तौल समूहमा अन्य तीन खेलाडी बुधबारै सेमिफाइनलमा पुगेका थिए । पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले कर्णालीका पासाङ इजाम सुब्बालाई हराए । आर्मीका दानबहादुर दर्लामी मगरले गण्डकीका निशान गुरुङलाई निराश पार्दै सेमिफाइनल स्थान सुरक्षित गरे । 

ad
ad