मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format o८:३६:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

केजरिवाललाई थप चार दिन हिरासतमा राख्न आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३६:oo

भारतको दिल्लीस्थित जिल्ला अदालतले बिहीबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । अन्तःशुल्क नीतिसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अधिकारीहरूले मुख्यमन्त्री केजरिवालकी श्रीमतीको मोबाइलको विवरणमाथि विश्लेषणका लागि थप चार दिनको समय मागेका थिए ।

सन् २०२४ मार्च २१ मा केजरिवालको घरबाट बरामद गरिएका थप डिजिटल उपकरणको पासवर्ड उपलब्ध गराउन केजरिवालले आफ्ना वकिलसँगको परामर्शका लागि समय माग गरेकाले विवरण प्राप्त हुन बाँकी रहेको भन्दै अनुसन्धानका लागि प्रवर्तन निर्देशनालय (इडी)ले थप चार दिनको म्याद थपिदिन माग गरेको हो ।

इडीको मागअनुसार राउज एभेन्युस्थित जिल्ला अदालतका विशेष न्यायाधीश कावेरी बावेजाले अप्रिल १ सम्मका लागि म्याद थप गरेका हुन् । दिल्ली जिल्ला अदालतको आदेशअनुसार केजरिवाललाई मार्च २८ सम्मका लागि इडीको हिरासतमा पठाइएको थियो । अनुसन्धान एजेन्सीले जारी गरेको नौवटा आह्वानलाई गैरकानुनी भनी बेवास्ता गरेपछि बिहीबार साँझ इडीले अन्तःशुल्क नीतिसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा दिल्लीका मुख्यमन्त्री केजरिवाललाई पक्राउ गरेको थियो ।