Skip This
निर्माण व्यवसायी महासंघको वार्षिक साधारणसभा हेटौँडामा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Tuesday, 13 May, 2025
२o८o चैत १५ बिहीबार २२:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निर्माण व्यवसायी महासंघको वार्षिक साधारणसभा हेटौँडामा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार २२:३९:oo

निर्माण व्यवसायी महासंघको २५औँ वार्षिक साधारणसभा हेटौँडामा आयोजना हुने भएको छ। 
शुक्रबार र शनिबार चल्ने साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बिहीबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

निर्माण व्यवसायी संघ मकवानपुरको आतिथ्यतामा हुने वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री धनबहादुर बुढा पनि सहभागी हुने निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिए।

साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एशोसियट सदस्य तथा केन्द्रीय समिति, सल्लाहकार तथा प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार आठ सय जना सहभागी हुने अध्यक्ष कँडेलले बताए।

पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताए। राज्यले स्रोत सुनिश्चितता  नगरी ठेक्का लगाउँदा समस्या भएको उनले बताए। 

‘बजेटको व्यवस्था नगरी आयोजना सञ्चालन गर्दा काम गर्न कठिन भएको छ। सरकार व्यवसायीको दिनुपर्ने भुक्तानी समयमै दिँदैन। स्रोत सुनिश्चित नभएको आयोजनाका कारण मार परेको छ,’ उनले भने 

अहिले पनि नेपालमा पाँच खर्बको आयोजना स्रोत सुनिश्चित नभई सञ्चालनमा रहेको दावी गर्दै उनले अबको बजेटमा स्रोत सुनिश्चितताको विषय उल्लेख हुनुपर्ने माग गरे।

संसारभर सफल भएका निर्माण व्यवसायी नेपालमा मात्रै असफल हुने गरेको चर्चा गर्दै उनले यसमा राज्यको कमजोरी रहेको आरोप लगाए।

सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ। साधारण सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु समेत रहने जानकारी पत्रकार सम्मेलनमा दिइयो।