१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
तस्बिर : गेटी इमेजेज
रासस क्यानबेरा
Invalid date format १४:२६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

प्रतिस्पर्धा अभावले अस्ट्रेलियाको जीवनस्तर र उत्पादकत्वमा गिरावट : रिपोर्ट

Read Time : < 1 मिनेट
रासस, क्यानबेरा
नयाँ पत्रिका
Invalid date format १४:२६:oo

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी दिएको छ। बुधबार प्रकाशित एक रिपोर्टमा, संघीय संसद्को अर्थसम्बन्धी द्विदलीय स्थायी समितिले अस्ट्रेलियामा प्रतिस्पर्धामा गिरावट तथा विभिन्न क्षेत्रहरूमा संकुचन आएको उल्लेख छ।

रिपोर्टले पछिल्लो दशकमा अस्ट्रेलियाको उत्पादकत्वमा मन्दी छाएको, बजार संकुचन बढेको, नयाँ–नयाँ प्रविधिमा लगानी न्यून भएको तथा सेवा अर्थतन्त्रतर्फ उन्मुख भएको जनाएको छ।

सत्तारूढ लेबर पार्टीका सांसद एवं पूर्वअर्थशास्त्री डान मुलिनोले मानिसको जीवनस्तरमा सुधार ल्याउन अस्ट्रेलिया अझै बढी प्रतिस्पर्धी बन्नुपर्ने बताएका छन्। नाइन इन्टरटेनमेन्ट अखबारहरूलाई दिएको अन्तर्वार्तामा समितिका अध्यक्षसमेत रहेका मुलिनोले अस्ट्रेलिया कम उत्पादकत्व वृद्धिको दशकबाट सुधारतर्फ अग्रसर भइरहेको बताउँदै प्रतिस्पर्धा र आर्थिक गतिशीलताको आवश्यक भइसकेको बताए।

उनले भने, ‘अर्थपूर्ण सुधारका निम्ति अहिले धेरै अवसर हाम्रासामु छन्। यसबाट उपभोक्तालाई तत्काल लाभ मात्र हुने होइन कि भावी पुस्ताको जीवनस्तर सुधारमा पनि महत्वपूर्ण हुनेछ।’ 

सन् २०२३ मा प्रकाशित एक रिपोर्टमा, अस्ट्रेलियाको औसत उत्पादकत्व वृद्धि सन् २०२० सम्म १० वर्षको अवधिमा १.१ प्रतिशतमा झरेको छ जुन ६० वर्षमा सबैभन्दा कम हो। सन् २०२३ जनवरीमा अर्थमन्त्री जिम चाल्मर्सले आर्थिक गतिशीलता, प्रतिस्पर्धा र व्यापार  प्रवर्द्धनका लागि अनुसन्धान गर्न समितिलाई आग्रह गरेका थिए।

एयरलाइन्स क्षेत्रबीच प्रतिस्पर्धा बढाउन हवाई उडानमा ढिलाइ भएका यात्रुहरूका लागि अनिवार्य क्षतिपूर्ति सुरु गर्न सरकारसमक्ष सिफारिस गरेको छ।