१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १३:१३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१३:oo

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको जेल सजायलाई अर्को ६ महिना थप गरेको छ।

बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको जनाएको छ। मन्त्रालयले थप गरिएको अवधिमा खालिदा जियाले आफ्नो मुलुक छाड्न पाउनुहुनेछैन। मन्त्रालयले खालिदाले बंगलादेशमै स्वास्थ्योपचार गर्नुपर्ने पनि जनाएको छ।

सन् २०२० यता पूर्वप्रधानमन्त्री खालिदाको जेल सजाय थप गरिएको यो छैटौँपटक हो। कोभिड महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले सन् २०२० मार्चमा अस्थायी प्रयोजनका लागि जियालाई जेलमुक्त गरिदिएको थियो।

बंगलादेश नेसनलिस्ट पार्टीका अध्यक्षसमेत रहेकी पूर्वप्रधानमन्त्री जिया सन् २०१८ देखि जेलजीवन बिताइरहेकी छिन्। बंगलादेशको एक अदालतले उनीमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो। खालिदामाथिको जेल सजाय राजनीतिक प्रेरित रहेको विपक्षी दलले आरोप लगाउँदै आएको छ।