१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
वासिंटन डिसी
२o८१ जेठ २ बुधबार १o:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

अमेरिकाको पुल भत्काउने जहाजमा सवार सबै भारतीय

Read Time : > 1 मिनेट
वासिंटन डिसी
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:२१:oo

मंगलबार (मार्च २६) अमेरिकी पूर्वी तटीय सहर बाल्टिमोरनजिकै एउटा पुलमा ठक्कर खाएको कार्गो जहाजमा सवार चालक दलसमेत सबै २२ जना सदस्य भारतीय रहेको जहाजको व्यवस्थापक कम्पनीले जनाएको छ । जहाजको व्यवस्थापक कम्पनी सिनर्जी मरिन ग्रुपले जारी गरेको एक विज्ञप्तिअनुसार ‘डाली’ नामको उक्त कन्टेनर जहाज बाल्टिमोरबाट श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । बन्दरगाहबाट निस्किएको केही समयपछि नै स्थानीय समयअनुसार बिहान १:३० बजे ‘फ्रान्सिस स्कट की पुल’को एक पिलरसँग ठोक्किएर दुर्घटना भएको थियो । 

करिब २.६ किलोमिटर लामो पुल मंगलबार भत्किँदा पुलमा रहेका केही मानिस तल नदीमा खसेका थिए । तिनको खोजीका लागि लगत्तै उद्धार अभियान सुरु गरिएको थियो । त्यस क्रममा उद्धारकर्ताले दुईजनालाई सकुसल नदीबाहिर निकालेको र बाँकी ६ जनाको भने शव फेला परेको अधिकारीले बताएका छन् । दुर्घटनामा परेका व्यक्तिहरू पुलमा खाल्डाखुल्डी मर्मत गर्ने निर्माण टोली भएको समाचार एजेन्सी एपीले मेरिल्यान्डको यातायात सचिवलाई उद्धृत गर्दै लेखेको छ । 

दुर्घटना भएको १२ घन्टाभन्दा बढी भइसकेकाले बेपत्ता निर्माण श्रमिक पानीमा जीवित पाउने सम्भावना क्षीण रहेको भन्दै अमेरिकी सामुद्रिक सुरक्षा गार्डले खोजी र उद्धार कार्य स्थगित गरेको छ । दुर्घटनाको समयवरपर पानीको तापक्रम अधिक चिसो रहेको र खराब सामुद्रिक मौसमबीच बेपत्ता व्यक्ति जीवित भेटिने सम्भावना नरहेको रियर एडमिरल स्यानन गिलरेथले पत्रकार सम्मेलनमा बताए । 

अधिकारीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । मेरिल्यान्ड राज्यका गभर्नर वेस मुरले जहाजका चालक दलले जहाज पुलमा ठक्कर खानुभन्दा केही समयअघि जहाजको बिजुली गएको सन्देश पठाएका थिए । दुर्घटना हुँदाको भिडियोमा पनि जहाज पुलमा ठक्कर खानुअघि त्यसका बत्ती बल्दै निभ्दै गरेको देख्न सकिन्छ । जहाजले सन्देश पठाएलगत्तै स्थानीय अधिकारीले पुलमा जाने वाहन रोकेको र त्यसले धेरै हताहती हुन रोकेको मेरिल्यान्डका अधिवक्ता मुरले भने । सन् १९७७ मा निर्माण भएको उक्त पुलमा बर्सेनि एक करोड १५ लाख सवारीसाधन आवतजावत गर्ने स्रोतले बतायो । 

सन् २०१६ मा पनि दुर्घटनामा परेको थियो जहाज
मंगलबार बाल्टिमोरको फ्रान्सिस स्कट की ब्रिजमा ठोक्किएको कन्टेनर जहाज सन् २०१६ मा बेल्जियमको एन्टवर्प बन्दरगाहबाट निस्कने क्रममा पनि दुर्घटना भएको फेला परेको छ । भेसल फाइन्डर र सामुद्रिक गतिविधि अभिलेख राख्ने संस्था सिपरेकलगका अनुसार १० हजार कन्टेनर बोक्ने क्षमता भएको २९० मिटरको डाली एन्टवर्पको कन्टेनर टर्मिनल छोडेर ब्रेमरहेभन जाँदै गर्दा सन् २०१६ मा दुर्घटनाग्रस्त भएको थियो । 

त्यतिवेला जहाजका क्रु सदस्यलाई अधिकारीहरूले नियन्त्रणमा लिएर अनुसन्धान पनि गरेको गार्जियनले लेखेको छ । तथापि घटनामा कसैलाई चोटपटक लागेको थिएन र सामुद्रिक प्रदूषण पनि फैलिन पाएन । भेसल फाइन्डरका अनुसार सफा मौसममा भएको उक्त दुर्घटनाका लागि जहाजका मालिक र जहाजका चालक दललाई दोष लगाइएको थियो । 
 

ad
ad