१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १४ बुधबार २२:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

पृथ्वीसुब्बा गुरुङविरुद्ध खगराज अधिकारी पक्षधरको क्लिन स्विप

Read Time : < 1 मिनेट
२०८० चैत १४ बुधबार २२:३४:००

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । ११औँ जिल्ला अधिवेशनले स्थायी कमिटी सदस्य खगराज अधिकारीपक्षधर बैनबहादुरलाई अध्यक्षमा निर्वाचित गरेको हो । 

अध्यक्षतामा मात्र नभई एक सय २२ सदस्यीय सिंगो कमिटीमै अधिकारीपक्षधर विजयी भएका छन् । पार्टी उपामहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर एकजना पनि निर्वाचित हुन सकेनन् । नौ सय ३५ प्रतिनिधि रहेकोमा अधिवेशनको दौरान नौ सय १४ जनाले मतदान गरेका थिए ।
अध्यक्षमा तीनजना उम्मेदवार थिए । बैनबहादुर विजयी हुँदा गुरुङ समर्थित माधव बास्तोला निकटतम प्रतिस्पर्धी बने । उनलाई बैनबहादुरले दुई सय चार मतको अन्तरले पराजित गरे । बैनबहादुरले पाँच सय ५१ मत ल्याउँदा माधवले तीन सय ४७ र अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत पाए ।

उपाध्यक्षमा भेषराज बराल उपाध्याय पाँच सय २७ मत ल्याएर विजयी हुँदा शिवप्रसाद आर्चायले तीन सय ८८ मत ल्याए । सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) पाँच सय ९५ मत ल्याएर विजयी हुँदा सुरेन्द्र गुरुङले तीन सय २० मत ल्याए । उपसचिवमा लालबहादुर परियार पाँच सय ८१ मत ल्याएर विजयी भए भने गीता विश्वकर्माले तीन सय ३४ मत ल्याइन् । 

उपसचिव महिलातर्फ सन्तु सुवेदी पाँच सय १० मत ल्याएर विजयी हुँदा राधिका शाही योगीले तीन सय ४४ र संगीता सुवेदीले ६१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत भगवती पहारीले जानकारी दिइन् । 

अध्यक्षसँगै पाँच पदाधिकारी, सदस्य र लेखा समिति गरेर एक सय २२ पदका लागि भएको निर्वाचनमा विजयी सम्पूर्ण बैनबहादुर प्यानलका हुन् । निर्वाचनमा बैनबहादुरसँगै माधव फरकफरक प्यानल बनाएर मैदान उत्रिएका थिए । माधव प्यानलका एकजना पनि विजयी हुन सकेनन् ।