१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
शिल्पा कर्ण काठमाडौें
२o८१ जेठ २ बुधबार २o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा केसीलाई सफाइ

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौें
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २o:३४:oo

रसुवा भन्सार कार्यालयका अधिकृत दानबहादुर केसीले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ पाएका छन्। 
गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गराएको एक मुद्दामा बुधबार फैसला गर्दै विशेष अदालतले केसी र उनकी श्रीमतीसमेतलाई सफाइ दिएको हो। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला भएको हो। उनीहरूले गैरकानुनी स्रोतबाट आर्जन गरेको सम्पत्ति बिगो दाबी गर्दै ४ फागुन ०७९ मा मुद्दा दायर भएको थियो।

केसी ०४३ साउनदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। ०७८ असारसम्मको उनको आय, लगानी, खर्च र सम्पत्तिको विश्लेषण गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको थियो। 

अख्तियारका अनुसार केसीको वैध आय तीन करोड ५१ लाख रुपैयाँभन्दा बढी देखिएको थियो भने पाँच करोड ६१ लाख रुपैयाँभन्दा बढी उनको सम्पत्ति रहेको अनुसन्धानले देखाएको थियो। आयभन्दा बढी देखिएको दुई करोड १० लाख रुपैयाँलाई बिगो मान्दै मुद्दा दायर भएकोमा उनले सफाइ पाएका हुन्। 

केसीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती सुशीला पण्डितका नाममा राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएको थियो। उनले पनि सफाइ पाएकी छिन्।

ad
ad