१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘खल्तीबाट चिर्कटो निकालेर गृहमन्त्रीलाई यस्तो निर्देशन भन्दै नसुनाइयोस्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:४३:oo

राज्यव्यवस्था समितिका सभापतिलाई सदस्यको चेतावनी– 

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृह मन्त्रालयसँग जोडिएको समसामयिक विषयमा छलफल चलिरहेको छ । बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री, रक्षामन्त्री, गृहसचिव र प्रहरी संगठनका दुवै महानिरीक्षकलगायत उपस्थित छन् । 

सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी बैठकमा समिति सदस्यहरू भने सत्ता र प्रतिपक्षमा बाँडिएका छन् । 

कांग्रेस सांसदले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने र नैतिकता देखाउनुपर्ने धारणा राखेका छन् भने सत्तापक्षका सांसदले गृहमन्त्रीको बचाउ गरिरहेका छन् । 

एमाले सांसदहरूले समितिका सभापति रामहरि खतिवडाले राखेको बैठकको एजेन्डामै आशंका व्यक्त गरेका छन् । सांसद पृथ्वी सुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठले समितिका सभापतिले समितिको गरिमाअनुसार बैठकको एजेन्डा तय गर्न नसकेको धारणा राखे । 

त्यसभन्दा अझ अघि बढेर एमाले सांसद कृष्णगोपाल श्रेष्ठले भने, ‘गोजीबाट एउटा चिर्कटो निकालेर आजको राज्यव्यवस्थाको बैठकले गृहमन्त्री र गृहसचिवलाई यो निर्देशन दिएको छ भनेर भन्नुभयो भने हामीलाई मान्य हुँदैन । तपाईंको गोजीमा राखिएको चिर्कटोमा के लेखिएको छ, हामीलाई थाहा छैन।’

उनले समितिको बैठकमा सहभागी सबैलाई हार्दिकताका साथ बिदाइ गरेपछि पुनः समिति बसेर निर्देशन दिनुपर्ने विषय भए–नभएको टुंगो लगाउनुपर्ने र दिनुपर्ने भए के निर्देशन दिने भनेर निर्णय गरेपछि मात्र जारी गर्नुपर्ने धारणा राखे।

ad
ad