१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:o२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सम्पादा पुनरुत्थान गर्दै काठमाडौं महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:o२:oo

काठमाडौं महानगरपालिका–८ ले एक शताब्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थान सुरु गरेको छ । यसक्रममा नवाली टोल ताम्रेश्वर मन्दिरनजिक सडक निर्माणबाट पाताल (पुरिएको) भएको इनार यःपुखु उत्खनन र पुनरुत्थान थालेको छ ।

वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतका अनुसार सामाजिक परम्परा, पुराना तस्बिर, पाका मानिसको स्मृति, लिखित प्रमाणजस्ता विभिन्न स्रोतका आधारमा पुनरुत्थान थालिएको हो ।

प्राचीन महत्वका यस्ता संरचना पुनरुत्थान गरेर मात्र काठमाडौं सांस्कृतिक सहर हुने उनको भनाइ छ । उनले भने, ‘नासिएका, हराएका, मेटिएका मौलिक सम्पत्ति जोगाएर मेरो भनेर गर्व सक्ने अवस्था बनाउने दृढता लिएर काम गरिरहेका छौँ ।’

अभियानको पहिलो चरणमा पशुपति क्षेत्रको बाहिरी भागमा भएका यस्ता संरचनाको खोजी भइरहेको छ । यसपछि क्रमशः पशुपतिको भित्री भागबाट हराएका संस्कृति र संरचना खोज्दै जाने तयारी छ ।