१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ढोलाहिटी हत्या घटनामा संलग्न चार आरोपी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o९:oo

ललितपुरको ढोलाहिटीमा फागु पूर्णिमाका दिन भएको हत्याको घटनामा संलग्न थप चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । दुई समूहबीच भएको विवादमा ललितपुर महानगरपालिका–२६, ढोलाहिटीमा सुनसरी धरान उपहानगरपालिका–१३, जिरो घर भएका २८ वर्षीय रोवश राई र पाँचथर मिक्लाजुङ गाउँपालिका–६ घर भएका २७ वर्षीय पुजन राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो ।

पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका–२, सेखुवा घर भई ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने डी पोपिना रेस्टुरेन्टका सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङ साकेला गाउँपालिका–२, रतन्छा घर भई ललितपुर महानगरपालिका–१५, खुमलटार बस्ने डी पोपिनाका सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण घर भई ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने ३८ वर्षीय विशालहाङ मुकारुङ राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने २५ वर्षीय छेङ्विहाङ राई रहेका छन् । 

ललितपुर ढोलाहिटीस्थित डी पोपिना रेस्टुरेन्टमा युवाहरूको समूहबीच विवाद हुँदा रेस्टुरेन्टका सञ्चालक विजय राईसमेतले रेस्टुरेन्टको भान्सामा रहेको चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका पुजनको सुमेरु अस्पतालमा र रेवशको पाटन अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको थियो । प्रहरीले हाल फरार रहेका घटनाका मुख्य प्रतिवादीलाई भगाउने एकजनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

ad
ad